दफा ५३
दफा १३ अन्तर्गत बनेका नियमहरु उल्लंघन गरेमा सजाय
: (१) हुलाक टिकटहरु बिक्री गर्न नियुक्त भएको व्यक्तिले दफा १३ को उपदफा (२) को खण्ड (क) अन्तर्गत बनेको कुनै नियमद्वारा तोकिएको भन्दा बढी मूल्य लिई हुलाक टिकट बिक्री गरेमा त्यसरी लिएको बढी रकम निजबाट भराई निजलाई एक हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
(२) कुनै व्यक्तिले दफा १३ अन्तर्गत बनेको अरु कुनै नियम उल्लंघन गरेमा निजलाई बढीमा ने.रु. दुई सय सम्म जरिवाना हुनेछ ।